विल्शन बिक्रम राई भिडियोमा मोडल तथा निर्देशकको रुपमा प्रस्तुत !

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ माघ २०, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

गायिका तारा नुमिहाङ्ग् बान्तावा राईको ”सोल्टीनी बिनाको साकेला” गीत सार्वजनिक

माघ २०, काठमाण्डौ । गायिका तारा नुमिहाङ्ग् बान्तावा राईको सोल्टिनी बिनाको साकेला गित सार्बजनिक भएको छ । गायिका राईलाई राजेशपायल राईले साथ दिएका छन् । भिडियोमा मोडलको रुपमा हास्य कलाकार विल्शन बिक्रम राई तथा एलिशा राईलाई देख्न सकिनेछ ।

स्वर्गीय अर्जुन खालिङ्ग राईको शब्द तथा आशुतोष राईको संगीत, शोक लोहोरुङ राईको संगीतसंयोजन रहेको गितको भिडीयोमा हराउदै गएको साकेला नृत्यलाई देखाउन खोजिएको छ । भिडियोलाई कलाकार विल्शन बिक्रम राइले निर्देशन गरेका हुन् । उनले गायक राजेशपायाल राईलाइ पनि नचाएका छन् । साथै भिडियोमा बिक्रम धिमाल, सुजन राई, पुजन राई लगायातले फिचर्ड गरेकाछन् । भिडियोमा राजिव कुमारको कोरियोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ भने बिक्रम डिसीले छायाङ्कन गरेका छन् ।

सानैदेखि गायनमा रुचिराख्ने गायिका तारा बान्तावा भोजपुरको आम्तेकमा जन्मिएकी हुन् । बिद्यालय स्तरमा हुने हरेक कार्यक्रममा गित गाएर सबैको मन जित्ने गरेकी ताराले आरआर क्याम्पसबाट संगीत बिषय लिएर अध्ययन गर्नु भएको थियो भने ललितकला क्याम्पसबाट संगीतमै ब्याचलर सम्मको अध्ययन गर्नुभएको थियो । उहाको हालसम्म आधुनिक गीति संग्रह मनको राजा, र पुर्बेली लोकगीति संग्रह के हो घराना एल्बम सार्बजनिक छन् । हालसम्म २५ भन्दा धेरै गीतमा स्वर दिई सक्नुभएकी गायिका ताराले यस गितबाट आफु धेरै आशाबादी रहेको बताईन ।

किराती संस्कारलाई झल्काउने “सोल्टिनी बिनाको साकेला” लाई भने गायिका तथा मोडल यसोदा खालिङ्ग राइले निर्माण गरेकी हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस