नागढुंगा-सिस्नेखोला सुरुङ प्रभावितलाई उठिबास लगाउन हुन्न” : नगर प्रमुख आचार्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २०, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २०, धुनिबेशी । नागढुँगा सुरुङमार्ग निर्माणले बिकासको लहर ल्याएपनि सुरुङमार्ग प्रभावितहरु अधिकाँस बिस्थापित हुने अबस्थाले चिन्तित बनाएको धादिङ धुनिबेशिनगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताएका छन् । घाँस काट्न समेत जान नसकिने भिरपहरामा बिकासको गति आउनु राम्रो कुरा भए पनि पुस्तौँदेखि भोगचलन गर्दै आईरहेका प्रभावितहरुको उठिबास लाग्ने कुराले खल्लोपना महसुस भएको प्रमुख आचार्यले बताए । “मान्छे उक्लेर जान तथा घाँस काट्न पनि जान नसकिने भिरपहरामा एउटा सम्म शहर बन्दै छ ! त्यसकारण हामी धेरै खुसि छौँ, “धुनिबेशिका प्रमुख आचार्य भन्छन्-“त्यहाँका जनता पुर्खौ पुर्खौ त्यहि जन्मे त्यहि हुर्के तर अहिले आएर बिस्थापित भएर जाँदा उहाँहरुको पिडा अलि बेग्लै छ ।”

नागढुँगा सुरुङमार्ग निर्माणका लागी प्रक्रिया अगाडी बढीरहँदा जग्गा अधिग्रहणको काम भईरहेको छ । काठमाण्डौ र धादिङ तर्फको मुुआब्जा बितरणको काम भईरहेकोमा काठमाण्डौतर्फ करिव ९० प्रतिशत भन्दा माथी मुआब्जाको काम भईसकेको छ भने धादिङ तर्फ आधा पनि भएको छैन । अधिकाँस जग्गा गुठीको पर्न गएकाले मुआब्जा बितरणमा ढिलाईभईरहेको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

धादिङ तर्फको मुआब्जा बितरणमा गुठीको जग्गा परेकालाई जम्मा ३३ प्रतिशत मात्र मुआब्जा दिएर अन्यत्र स्थानान्तरण गर्ने कुरालाई अन्त्य गर्दै सतप्रतिशत मुआब्जा दिनुपर्ने धुनिबेशिका प्रमुख बालकृष्ण आचार्यको माग छ । उनले गुठीकै जग्गा भएपनि ३३ प्रतिशत मात्र नभएर अन्य प्रभावित सरह मुआब्जाको ब्यबस्था हुनुपर्ने बताए ।

प्रमुख आचार्यले काठमाण्डौ र धादिङतर्फको मुआब्जा बितरण समान हुनुपर्ने बताए । “यसमा अझ गहिराईमा गएर बुझ्नुपर्छ, यस्ता आयोजनामा हामीले आयोजनाको तर्फबाट गर्नुपर्ने कुराहरु, यहाँहरुका आवाजहरु सम्बनिधत ठाउँसम्म पुग्नुपर्छ” प्रमुख आचार्यले भने -“जग्गाको मुल्य निर्धारण भयो, हामी जिम्मेवारीमा आईसकेका छौँ, तपाई हामीले सँयुक्त रुपमा एउटा ब्यक्ति बिस्थापित हुने, सुकुम्बासि भएर जाने र अर्कोले रमाईलो हेर्ने, गरेर बस्ने सुख सुबिधा भोगेर बस्ने गर्दा हामी नेपालीले नेपालीको समस्या नबुझ्दा अलिकति पछाडी पर्छौ कि ?”
सुरुङमार्ग प्रभावितका लागि प्राविधिक पक्षबारे जानकारी गराउन आयोजित कार्यक्रममा धुनिेशिनगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले शतप्रतिशत मुआब्जा दिलाउन नगरपालिकाले पहल गरिरहेको बताए ।

सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर छ । ठेक्का सम्झौतामा सुरुङ मार्ग निर्माणका लागि १३ अर्ब ५० करोड लाग्ने उल्लेख छ। जापान सरकारले ४० वर्ष भित्र तिर्ने गरी सुरुङ मार्गका लागि ० दशमलव ०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको छ । ४२ महिना भित्र निर्माण सम्पन्‍न गर्ने गरी सुरुङ मार्गको ठेक्का सम्झौंता भएको छ । सुरुङमार्ग निर्माणका लागी जापानको हाज्मा आदो जेभी कर्पोरेशनले ठेक्का सम्झौता गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस