धादिङ बेनिघाटबाट चरेश बनाउन प्रयोग हुने २० किलो तरल पदार्थसहित ५ पक्राउ (हेर्नुहोस्)

Post Thumbnail

माघ २०, धादिङ । धादिङ बेनिघाट रोराङ गाउँपालिका–४ स्थित मलेखु–ताल्ती कच्ची सडकखण्डबाट अवैध लागूऔषध चरेश बनाउन प्रयोग हुने २० किलो तरल पदार्थ (केमिकल) सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–९ बस्‍ने २८ वर्षीय सुकलाल गोम्बो लगायत छन् । उनीहरुको साथबाट नगद २ लाख ४० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस