माघ २०, काठमाडौ । श्री एयरलाइन्सले आगामी माघ २४ गतेदेखि पोखरा गर्ने उडानको भाडा दर २ हजार रुपैयाँ तोकेको छ ।
काठमाडौं देखि पोखरा २ हजार र पोखरा देखि काठमाडौं २६ सय रहेको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । आक्रमक रुपमा बजार तथा सेवा विस्तार गरिरहेको श्री एयरलाइन्सले पोखरा–काठमाडौंको भाडादर अहिलेसम्मकै सस्तो राखेको हो ।
श्रीले यही शुक्रबारबाट पोखरामा टर्वोपर्प जहाजबाट सेवा दिदै छ । ८० सिट क्षमताको जहाजले यस अघि नै परीक्षण उडान सफल गरिसकेको छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिना अघि क्यू ४०० जहाज ल्याएको थियो ।