सी चिनपिङ भन्छन्-“कोरोनाभाइरसको महामारी नियन्त्रणमा जिम्मेवारी ननिभाउनेलाई दण्डित गर्छौँ”

माघ २१, काठमाण्डौ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गतको राजनीतिक व्युरो (पोलिटव्युरो)ले सोमबार कोरोनाभाइरसबारे छलफल गर्न एक बैठक बोलायो । वैठकमा कोरोनाभाइरसका कारण निम्तिाएको निमोनिया महामारी नियन्त्रण र रोकथामका उपायबारे छलफल भयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी जिनपिङले बैठकको अध्यक्षता गरेका थिए र उनले एक महत्त्वपूर्ण भाषण पनि दिए । सम्बोधनमा सीले महामारीविरुद्धको सङ्घर्षको अग्रमोर्चामा रहेका सबैप्रति सम्मान व्यक्त गर्दै प्रकोपको सुरुदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले महामारी रोकथाम र नियन्त्रणको नेतृत्व गरिरहेको बताए ।

सीले महामारी रोकथाम तथा नियन्त्रणबाट निस्किने परिणामले सबै जीवन र स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने र समग्र आर्थिक तथा समाजिक स्थिरताका साथ साथै देशको खुल्लापनलाई असर पार्ने प्रतिक्रिया बताए ।

संम्बन्धित समचार

Leave a Reply