१२ तोला सुन चोरी गर्ने नुवाकोटकी श्रेष्ठ दोलखाबाट पक्राउ

Post Thumbnail

माघ २१, नुवाकोट । सुन चोरेर भाग्दै गरेको अबस्थामा नुवाकोटकी एक महिला दोलखामा प्रहरी फन्दामा परेकी छिन् । नुवाकोटको बिदुरमा १२ तोला सुन चोरी गरी फरार रहेकी एक महिला दोलखाको सदरमुकाम चरिकोटमा पक्राउ परेकी हुन् ।

नुवाकोट जिल्लाको विदुर नगरपालिका–१, त्रिशुली बजारबाट १२ तोला सुन चोरी गरी फरार भएर सदरमुकाम चरिकोटको सातदोबाटो पुगेकी विगु गाउँपालिका–४, लादुक घर भई भीमेश्वर नगरपालिका–६, चरिकोटमा डेरा गरी बस्ने आस्था भनिने नम्रता श्रेष्ठ पक्राउ परेकी हुन् ।

त्रिशुली बजारका ५४ बर्षिय हिराकृष्ण श्रेष्ठले संचालन गरेको श्रेष्ठ होटलबाट १२ तोला सुनका गरगहना चोरी गरी फरार रहेकी नम्रतालाई खोजतसास गर्दा चरिकोट सातदोबाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस