निर्मल पुरी भोगी
साउन १४,काठमाडौँ । पुर्ख्यौली थलो बाग्लुङ भई कपिलवस्तु जन्मेर हाल बसाइँसरेपछि बुटवलमा स्थाई घर भएकी मालती खरेल नेपाली लोक संगितको बजारमा पछिल्लो समय चर्चामा छिन् । बिगत चार वर्ष देखि लोक सङ्गितमा लागि हालसम्म आठवटा आफ्नो एल्बम बनाएकी उनले अरुको गितहरुमा पनि आवाज दिँदै आएकी छिन ।
मालती खरेलले पहिलो एल्बम ‘हाडिगाउँको जात्रा’ बजारमा ल्याएकी हुन् । त्यसपछि क्रमैसँग ,’पुर्वैमा घामलाग्यो’, ‘हाँसि हाँसि जिउँला’, ‘मुटुमा आगो’ आदि गितहरु चर्चित छन । ‘रानी हजुर’ बोलको गित सँगै उनको नेपाली लोकसंगितमा निकै चर्चा बढ्न थालेको छ ।
ऊनको पहिलो तीजगीत ‘बजाईदेउ डम्मरु’ हो भने ‘पोहोर सालको नदिहै सलसल’ र यसपाली भने निकै आशलाग्दो तीज गीत ‘काँकरीको बियाँ’ हामीहरु माझ आफ्नै लय,शब्द र आवाजमा लियर आएकी छिन् ।