चीनबाट ल्याइने नेपालीलाई राख्न काठमाण्डौका चार ठाउँको टुंगो लाग्यो ! (हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २३, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाण्डौ । सरकारले चीनबाट ल्याउन लागेका नेपालीलाई काठमाण्डौका चार ठाउँमा राख्ने भएको छ । चीनबाट ल्याइएकाहरूलाई काठमाण्डौको शिवपुरी, इचङ्गुनारायण, सूर्य्विनायक र खरिपाटीमा राखिने भएको हो । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर यी चार ठाउँमा क्वारेन्टाइन व्यवस्थित गरी उनीहरुलाई राखिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निर्धा्रित कार्ययोजना अनुसार तयारीमा जुट्न स्वास्थ्य मन्त्रालयसहितका निकायलाई निर्देशनसमेत दिए । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री सहितको छलफलमा प्रधानमन्त्रीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी र नेपाली नागरिकलाई राख्न र उपचारको व्यवस्था गर्न तत्काल जुट्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस