साईत हेरेर ‘छक्का पञ्जा-३’ को पहिलो गीत‘ सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ श्रावण १४, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन १४,काठमाडौँ । दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा‘छक्का पञ्जा ३’को पहिलो गीत‘पहिलो नम्बरमा’  सोमबार सार्वजनिक गरिएको छ ।

ज्योतिषको सल्लाह अनुसार सिनेमाको गीत दिउँसो २ बजेर ३५ मिनेट जाँदा सार्वजनिक गरिएको हो । काठमाडौंको नयाँबानेश्वरस्थित रेडियो अडियोको प्रागंणमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको गीत सार्वजनिक गरिएको हो ।

राजेन्द्र थापाका शब्द र दीपक शर्माको संगीत रहेको यस गीतमा सिनेमाका प्रायः कलाकारलाई समेटिएको छ । गीतमा डेविडशंकर र बिन्दु परियारको आवाज रहेको छ । गीत सार्वजनिक कार्यक्रममा निर्देशक दीपाश्री निरौला, दीपकराज गिरी, गीतकार राजेन्द्र थापा, गायिका बिन्दु परियार, गायक डेविड शंकरलगायतको उपस्थिति थियो ।

दसैंको अवसर पारेर प्रदर्शनमा आउने यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, संजोग कोइराला, वसन्त भट्टलगायतका कलाकारको अभियन रहेको छ ।

आमा सरस्वती मुभिज प्रालितथा आईएमईको प्रस्तुित ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा सुमन गिरी भान्जा, किरण कसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, विजय बस्याल र सान थापा (टौवा क्रियशन)को पब्लिसिटी डिजाइन र पुरुषोत्तम प्रधानको छायाकंन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस