अरुण तेस्रो जलविद्युत आयोजना : भारतका पाँच र नेपालका दुईसहित सात बैँकले लगानी गर्दै

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७६ माघ २३, बिहिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाण्डौ । संखुवासभा जिल्लामा रहेको निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको परियोजनाका लागि वित्तीय स्रोत जुटेको एसजेभीएन अरुण तेस्रो पावर डेभलोपमेन्ट कम्पनी प्रा. ली.ले बताएको छ ।

परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । लगानी बोर्डले बुधबार वित्तीय व्यवस्थाको स्वीकृति दिएपछि लगानी रकम जुटेको हो । आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी जलविद्युत कम्पनीले वित्तीय स्रोत जुटेको जानकारी दिएको हो । भारतको एसबिआई, एक्जिम, क्यानरारा, युबिआई, पञ्जाव बैक र नेपालको एभरेष्ट र नबिल बैकले लगानी गर्न लागेका हुन् ।

जसमा एसबीआईसँगै भारतका पन्जाब नेसनल बैंक पीएनबी, एक्जिम बैंक आफ इन्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् । त्यस्तै नेपालको एभरेस्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा नहुँदै निर्माणको काम सुरु भइसकेकाले विश्वास बढेको बताए । लगानी बोर्डको संयोजनमा निर्माण भइरहेको यो परियोजना सन् २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विदेशी लगानीमा निर्माण गर्न लागिएको यो परियोजनामा भारत र नेपालका गरी ७ वटा बैंकले गर्ने ऋण लगानीको सम्झौता आज दिउँसो ४ बजे काठमाडौंको होटल याक एन्ड यतीमा हुने बताइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस