कोरोनाभाइरसका कारण मृत्यु हुनेको सँख्या ५ सय ६५ पुग्यो, २८ हजार ३ सय ४० संक्रमित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २३, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाण्डौ । कोरोनाभाइरसका कारण दैनिक मृत्यु हुनेको संखया ७३ पुगेको छ । यससँगै चीनमा मात्रै कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ भने विश्वभर मृत्यु हनेको संख्या ५६५ पुगेको छ । चीनबाहेक एक जनाको हङकङमा र अर्को एक जनाको फिलिपिन्समा मृत्यु भएको थियो ।

मृत्युसँगै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या पनि सोही अनुपातमा बढी रहेको चिनिया राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ । बुधबार मात्रै चीनमा ३,६९४ जनामा संक्रमण भेटिएको थियो, जसमा २,९८७ जना हुवेई प्रान्तमा मात्रै भेटिएका थिए ।

यससँगै विश्वभरमा संक्रमितको संख्या २८,३४० पुगेको छ । संक्रमितमध्ये १,३०५ स्वस्थ भएर घर फर्किएको चिनिया राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस