चिकित्सक संघ निर्वाचन : सुरुमा यी चार स्थानको मतगणना हुने

Post Thumbnail

माघ २४, काठमाण्डौ । नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना सुरु भएको छ । लामो विवादका कारण निर्धारित समयभन्दा झण्डै १२ घन्टापछि मतगणना सुरु भएको हो । सुरुमा उपत्यका बाहिरको मतगणना भइरहेको छ । उपत्यकाबाहिर मध्ये पनि सबैभन्दा पहिला दाङ, लुम्बिनी, सुर्खेत र जुम्लाको मतपेटिकालाई खन्याएर गणनाको काम सुरु भएको हो ।

नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत समुह मुख्य प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
उपाध्यक्षमा अनिलविक्रम कार्की र रञ्जितकुमार झा मैदानमा छन् । कार्की लोकतान्त्रिक र झा पेशागत समूहका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस