पोखरामा चितुवाको आक्रमणले एक बालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ माघ २४, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २४, पोखरा । पोखरामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । पोखरा ३२ कोठेगाउँकी ७ वर्षीया पूजा विकको मृत्यु भएको हो । बिहीबार साँझ छिमेकीको घरमा खेलेर फर्किँदा बाटोमै बालिकामाथि आक्रमण भएको थियो ।

राति अबेरसम्म बालिका घर नफर्किएपछि खोजतलास गर्ने क्रममा गाउँनजिकै जंगलमा उनको शव भेटिएको थियो । पछिल्लो समय कास्की र तनहुँ क्षेत्रमा चितुवाको आक्रमणबाट हालसम्म १० जनाको मृत्यु भैसकेको छ । सम्बन्धित निकायले चितुवा नियन्त्रणमा लिएर अन्यत्रै स्थानान्तरण गरेपछि आक्रमणको दर घटेको छैन । चितुवा आक्रमणपछि स्थानीयहरुमा त्रास फैलिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस