पोखरा विश्वविद्यालयमा विद्यार्थी मेला शुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २४, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २४, पोखरा । स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा विद्यार्थी मेला २०२० शुरु भएको छ । मेलाको उद्घाटन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले नेपालका युवाहरुले देशमा नै काम गर्ने वातावरण बनाउन परिषदले काम गरिरहेको बताए । मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अनेरास्ववियूका संयोजक ऐन महरले बदलिँदो परिस्थीतिमा विद्यार्थी राजनीतिमा पनि परिवर्तनको खाँचो भएको बताए ।

त्यसै गरी नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सीनाले विश्वविद्यालयहरुलाई अध्ययनको मात्र नभई शैक्षिक गतिविधीहरुको केन्द्र बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै हरिबहादुर खड्काले विश्वविद्यालयमा शुरु भएका यस्ता मेलाहरुको निरन्तरताको कामना गरे । उता स्वतन्त्र विद्यार्थी यूनियनका संरक्षक तथा स्वास्थ्य विज्ञान महाविद्यालयका निर्देशक डाक्टर डमरु पनेरुले स्वतन्त्र विद्यार्थी यूनियनका गतिविधीहरु विद्यार्थीहरुलाई धेरै भन्दा धेरै सहभागी गराउने खालको भएकोमा खुसी व्यक्त गरे ।

त्यस्तै स्वतन्त्र विद्यार्थी यूनियनका संस्थापक सभापति सुनिल तिमिल्सीनाले स्ववियूले स्थापनाकालदेखि नै धेरैभन्दा धेरै विद्यार्थीहरुको हीतमा काम गरिरहेको जानकारी दिए । मेलामा प्यानल बहस, सफलताको कथा प्रस्तुती, पुस्तक प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु पहिलो दिनबाट शुरु भएका छन् । मेलाको सफलताको कथा श्रृंखलामा रुपाकोट रिसोर्टका अध्यक्ष पुष्पराज अधिकारीले बेल्जीयमदेखि नेपालसम्म गरेका संघर्षको कथा सुनाउँदै नेपालमा पर्यटनको अपार सम्भावना रहेको बताए । त्यसै गरी कर्मचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले कामलाई कसैले पनि सानो र ठूलो रुपमा लिएर पछाडी हट्न नहुने बताए । त्यसै गरी युवा उद्दमशिलताको प्यानल बहसमा युवा व्यवसायीहरु बैभव पौडेल र मिलन केसीले युवाहरुमा उद्दमी सोच भए मात्र नेपालमा उद्दमशिलताको सही ढंगले विकास हुन सक्नेमा जोड दिए । मेलाकै नेपालमा अवसरहरु नामक प्यानल बहसमा राष्ट्रिय युवा परिषदका सदस्य दीलिप न्यौपाने, रेण्डम रिडर्स सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल र युवा व्यवसायी सन्तोषराज सिग्देलले नेपालमा अवसरहरु धेरै रहेको तर युवाहरुको प्रयास र सरकारको सही नीतिको खाँचो औल्याए ।

कार्यक्रमको शुक्रबारको सत्रमा रोवर्ट भिडन्त, कविता प्रतियोगिता, कविता कार्यशाला, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, सेयर तालिम लगायतका सत्रहरु हुने मेलाका संयोजक होमेन्द्र यादवले बताए । त्यसै गरी शुक्रबारको सत्रमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन र नेपाल कम्युनिष्ट पार्टीकी युवा नेतृ सुनिता बरालले बोल्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए । मेलामा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए । मेलामा ३५ लाखको खर्च हुने र मेलामा विभिन्न विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजहरुका २० हजार भन्दा बढिले सहभागिता जनाउने कोषध्यक्ष प्रकृति दवाडीले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस