अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्-“कोरोना नियन्त्रणमा चीन सफल हुनेमा विश्वास छ”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २४, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाण्डौ । चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि चीनले अपनाएका उपायबाट छिट्टै भाइरस सङ्क्रमण नियन्त्रणमा सफलता मिल्ने बताएका हुन् ।

चीनमा देखिएको कोरोना भाइरस महामारीले विश्वलाई चिन्तित तुल्याएको भन्दै यसको सामना गर्ने चीनको क्षमताप्रति अमेरिकी राष्ट्रपति ट्रम्प ‘विश्वास’ व्यक्त गरेको ह्वाइट हाउसले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यसैक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाभाइरसविरुद्ध ‘जनयुद्ध’ को घोषणा गरेका छन् । चीनको सरकारी समचार संस्था सिन्ह्वाले जनाएअनुसार राष्ट्रपति सीले बिहीबार जनयुद्धको घोषणा गरेका हुन् । ‘पुरै मुलुकले आफ्नो क्षमता प्रयोग गरी व्यापक एवं कठोर रुपमा महामारी नियन्त्रण तथा निवारणका लागि काम गर्दै रोनाभाइरसविरुद्ध जनयुद्धको शुरु गरेको छ,’ सीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस