प्रधानमन्त्री ओलीले भने-“सार्कको १९औँ शिखर सम्मेलन शीघ्र हुन्छ”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २४, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

सार्क सचिवालयको आज भ्रमण गरेर सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो समयदेखि अवरुद्ध भएको सार्कको १९औँ शिखर सम्मेलन चाँडो हुनेमा आफू ढुक्क रहेको बताएका छन् ।

उनले सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको स्पष्ट पार्दै काठमाडौँमा सम्पन्न १८औँ शिखर सम्मेलनले शान्ति, एकता र प्रगतिका लागि गहिरो साझेदारीमा जोड दिएको स्मरण गरे । प्रधानमन्त्री ओलीले सार्क क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति हो भन्दै यो क्षेत्रीय सङ्गठन दक्षिण एशियाका जनताको साझा पहिचान भएको बताए । सार्कले दक्षिण एशियाका एक अर्ब ७० करोड जनताको द्रुत आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक प्रगतिलाई प्रतिनिधित्व गरेको पनि उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस