माघ २४, काठमाण्डौ । एनसेलले प्रणय दिवसका अवसरमा अझै नजिकिन्छ सम्बन्ध योजनाअन्तर्गत भ्यालेन्टाइन अफर ल्याएको छ । उक्त अफरबाट एनसेलका प्रिपेड ग्राहकले भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।
नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेलले प्रिपेड ग्राहकले यो अफरमा १०० ९कर सहितमात्र १२७।६९० मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहि कभ्वाइस प्याकको मजा लिन सक्नेछन् । यो अफर शुक्रबारदेखि लागू हुनेछ । यो अफर ३ महिनासम्म संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफरअन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैंसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।
यो अफरको साप्ताहिक प्याक सूचारु गरेपछि ७ दिनसम्म समयावधि रहनेछ । ग्राहकले एस्ट्रिक्स१७११८ एस्ट्रिक्स २ एस्ट्रिक्स ३ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सूचारु गर्न सक्छन् । यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धलाई अझै प्रगाढ बनाउने एनसेलको विश्वास छ ।