पछिल्लो समय नेपालमा अत्याधिक मन पराइएको टेलिभिजन शो कमेडी च्याम्पियनमा निरन्तर दमदार प्रस्तुती दिइरहेका हिमेश पन्त आफैमा एउटा क्षमतावान कमेडियन हुन । स्ट्याण्डअफ कमेडीमा जमेका पन्त अहिले कमेडी च्याम्पियनमा टप ६ मा स्थान बनाएका छन । उनी सोझा छन । आफ्नो काम आम दर्शकलाई हसाँउनु हो भन्ने उनलाई राम्रोसंग थाहा छ ।
सयौँबाट छानिएर यहाँसम्म आउनुमा उनको आफ्नै संघर्ष त छदैछ, त्यसमाथी दर्शकको अथाह माया उनिमाथी छ । युवापुस्तामा अझै धेरै रुचाइएका पन्त केही समयअघि सामान्य विवादमा आएका थिए । यद्यपी उनलाई भने विवाद गर्नपर्ने जस्तो लागेको रहेनछ । उनले अनलाईनकेन्द्रसंग कुराकानीको क्रममा आफु कुनै धर्म वा विषयसंग जोडिएर पक्षपात गर्ने खालको नभएको बताए ।
पन्तले सबैलाई सम्मान गर्दै भने– मेरो लागी सबै बराबर हो । कहिले काँही कमेडी गर्दै जाँदा स्क्रिप्टमा केही छुटेका हुन्छन्, आफुले गरेको प्रस्तुतीलाई मात्रै कमेडीको रुपमा लिइदिन उनको अनुरोध छ । उनै पन्तसंग अनलाईनकेन्द्रका लागी राज ढुंगानाले कुराकानी गरेका छन ।
स्वागत छ तपाईलाई
धन्यवाद
घर कता हो तपाईंको ?
मेरो जुगेखोला धादिङ
तपाई कमेडी च्याम्यियनमा आउनुभन्दा अगाडी कहाँ के गर्दै हुनुहुन्थ्यो ?
पढ्थे त्यति मात्र हो , कमेडी पनि गर्थे, युटुवमा रहेको स्टान्डअप कमेडीमा पनि काम गर्थे ।
कमेडी च्याम्यियनमा जाने कसरी सोेच आयो, प्रेरणा कहाँबाट पाउनुभयो ?
सोच भन्नाले, मेरो बच्चादेखिको सोच हो, यसकारण पनिपनि बच्चैदेखि म स्कुल, घर सबैमा कमेडी गर्थे हसाउथे त्यसकारण पनि जान मन लागेको हो । त्यो बेलामा नेताहरुको आवाज निकाल्ने , हसाउने गर्थे , काठमाण्डौ आएपछि कमेडीहरु लेख्न थाले, अनि स्टाण्ड अप कमेडी चै बिल्कुलै राम्रो लाग्छ मलाई, जहाँ चै उभिएर, बोलेर कमेडी गरिन्छ, यस्तै खालको कमेडी मैले युटुवमा गरेको हो, तर चलेन, त्यसपछि स्टाण्डअप कमेडी नै आयो, त्यहा २ बर्ष काम गरे, सबैले मन पराएका थिए, त्यसपछि कमेडी च्याम्पियन आयो, अब ठुलो क्षेत्रमा कमेडी सो हुनेभएकाले पनि यसमा लागीएको हो ।भनेपछि आफ्नै सोच, बिचारले त्यहाँ गइयो, कसैले जानुपर्छ भनेर होईन ?होइन अब कमेडीमा राम्रो गर्नुपर्छ भनेर नै म यहाँ आएको हो ।
अब कमेडी च्याम्पियनको टप ६ मा पुगियो, यो भन्दा अघीको प्रस्तुतीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
ठिकै लागेको छ, राम्रो भईरहेको छ, सबैले मन पराईरहनु भएको छ, अरुको भन्दा राम्रो भईरहेको जस्तो लाग्छ ।
कमेडीकै विषयलाई लिएर विवादपनि भयो नी
म कुनै धर्म वा विषयसंग जोडिएर पक्षपात गर्ने खालको मान्छे होईन । सबैलाई मेरो सम्मान छ ।
मेरो लागी सबै बराबर हो । कहिले काँही कमेडी गर्दै जाँदा स्क्रिप्टमा केही छुटेका हुन्छन्, आफुले गरेको प्रस्तुतीलाई मात्रै कमेडीको रुपमा लिइदिन म हार्दिक अनुरोध गर्दछु ।
धादिङबाट कस्तो सपोर्ट होस् भन्ने चाहनुहुन्छ ?
धादिबाट त अब पूर्ण सहयोग होस भन्ने चाहन्छु , हाम्रालाई भन्दा पनि राम्रालाई सपोट गर्नुपर्छ भन्ने त, भनाई नै छ नी, त, हाम्रोले राम्रो गरिरहेको छ भनेर सपोर्ट त हुन पर्यो नि हैन ? , त्यसकारण सपोर्ट त हुनुपर्छ ।सहयोग भईरहेको जस्तो लाग्छ ? सहयोग भईरहेको छ भन्ने लागीरहेको छ ।
यो समयमा जिल्ला जान पाएको छ की छैन ?
छैन, यो समयमा म जिल्ला गएको छैन ।
जाने तयारी छ ?
अब समय मिलाएर जान्छु । चाडैं नि जिल्लाबासीले मेरो कमेडी गृहजिल्लामा सुन्न पाउनुहुन्छ ।
आफ्नो लागी भोट हाल्न जिल्लाबासिलाई कसरी अनुरोध गर्नुहुन्छ ?
त्यहि हो, म कमेडीको टप ६ मा पुगेको छु , किन की, १५ सय जनामा छानिएर यहाँसम्म आएको छु, सबैको साथ पाए बिजेता नै हुन्छु भन्ने लाग्छ । मैले धेरैचोटी आफुले आफुलाई प्रमाणित गरेको छु । निरन्तर राम्रो दिइरहेको छु । मैले आफुले मात्रै भनेको होईन । जजहरुसहित आम श्रोता, दर्शकले मन पराईदिनु भएको छ । भोटले पनि त सेभ गर्नुपर्यो । राम्रो प्रस्तुती दिनेलाई भोट हाल्न पर्यो । जो राम्रो छ उसलाई अघि बढाउनुपर्छ भन्ने मलाई लाग्छ । मैले दिएको प्रस्तुति राम्रो लागेर नै तपाईहरु सम्पुर्ण देशबासीले सहयोग गर्नु भएको छ । बिदेशमा रहनु भएको नेपाली दाजुभाइ, दिदिबहिनी सबैले साथ दिइरहनु भएको छ । माया गर्नु भएको छ । त्यसको लागी म कृतज्ञता प्रकट गर्दछु ।
कमेडी च्याम्पियन सम्पन्न भएर एउटा पोजिसनमा आएपछि के गर्ने विचार छ ?
मेरो सोचचाँही समाजमा रहेका कुरीति, कु–संस्कारको विरुद्ध मेरो व्यङ्ग निरन्तर रहन्छ । विदेशबाट नि मलाई शो को लागी बोलाइरहनु भएको छ । नेपालमा चाँही मेरो योजना अहिलेसम्म त खासै बनेको छैन । तर अग्रजलाई सम्मान गर्दै उहाँहरुले हास्यव्यङग्यमा दिनुभएको योगदान लाई सम्झदै उहाँहरुको पदचाप म पछ्याइरहन्छु । मेरो लागी जातजाती, भाषा,धर्म रितिरिवाज सबै बराबर हो । सबैलाई म सम्मान गर्छु । भोलीको दिनमा मलाई माया गर्नुहुने नेपाली दाजुभाई दिदीबहिनीलाई म निराश बनाउदिन ।