धुनिबेशी नगरपालिकाको छैठौ नगरसभा सम्पन्न

-महेश्वर सुवेदी


माघ २६, धादिङ । धुनिबेशी नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार नगरपालिकाको छैठौ नगरसभा आज सम्पन्न भएको हो । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख बालकृष्ण आचार्यले संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र रहेर चालु आथिर्क बर्षको वार्षिक बजेट, तथा बिभिन्न प्रस्तावहरु पारित गरिएको बताए। साथै हिउदे नगर सभा भएकाले हिउदे अधिबेशन बिद्येयक अधिबेशन भएको स्पष्ट पारे ।

नगर सभामा धुनिबेशी नगरपालिकाको बस्ती बिकास शहरी योजना तथा भवन निर्माण मापडन्ड संशोधनसहित २०७६ निर्देशीका ,बिपद ब्यवस्थापन कोषमा रकम थप सम्बन्धमा ,बिघ्यापन कर संकलन सम्बन्धमा सार्वजनिक सरोकारका भौतिक संरचनाहरुमा लाग्ने नक्सापास दस्तुर छुट सम्बन्धमा लगायत अन्य प्रस्तावहरु माथी छलफल गरी पारित गरिएको छ । नगरसभामा नगरपालिकाका नगर उपप्रमुख निरु खरेलले चालु बर्षको सांसोधन बजेट तथा योजना बारे जानकारी दिएकी थिइन ।

सभामा नगरपालिकालाई समृद्ध बनाउनका लागी शिक्षा र स्वास्थमा बिशेष योजना बनाउनुपर्ने, कृषि र पशु क्षेत्रलाई प्रमुख योजनामा समावेश गनुपर्ने, लक्षीत बर्गको लागी आबश्यक कार्यक्रम र बजेटको ब्यबस्था गर्नुपर्ने लगायतका बिषयमा नगर सद्स्यहरुले आफ्नो भनाई राखेका थिए । सभामा प्रस्तुत प्रस्तावबारे प्रमुख प्रशासकिय अधिकृत गोबिन्द सिग्देलले सहजिकरण गरेका थिए । नगरसभामा नगरपालिकाका नगरप्रमुख आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाले चालु आर्थिक बर्षमा बचत हुन आएको चार करोड सत्चालिस लाख रकमलाई बिभिन्न योजनाहरुका लागि बिनियिजन गरी स्वीकृत समेत गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply