माघ २७, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । यो सँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ । ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको छ ।
यस्तै २९ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टी भएको हो ।