चीनको हुपै प्रान्तमा रहेका १८१ नेपालीलाई तुरुन्त स्वदेश फर्काउन नेता डा. शेखर कोइरालाको पहल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २७, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २७, काठमाण्डौ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले चीनको हुपै प्रान्तमा रहेका १८१ नेपालीलाई स्वदेश फर्काउन सरकारसँग माग गरेका छन् । कोइरालाले समाजिक सञ्जालमा लेख्दै संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निसास्सिएका आफ्ना नागरिकलाई तुरुन्त स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् ।

कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको र परिवारको ब्याकुलताका समाचारले आफूलाई दुखी बनाएको उनले लेखेका छन् । उनले सरकार संवेदनशील नभएकोप्रति आपति जनाउँदै आफ्ना नागरिकलाई राज्यको अनुभुति दिलाउन पहल गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस