‘मिस इको इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्दै अनुस्का

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ २७, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौ । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल–२०२०’ नेपालको प्रतिनिधित्व अनुस्का रायमाझीले गर्ने भएकी छिन् । मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो । मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को क्राउन समेत लगाइदिएको जारी विज्ञप्तीमा उल्लेख छ । रायमाझीलाई गत वर्षकी मिस इको इन्टरनेसनल विजेता मुना गौचनयले उनलाई ताज लगाई दिएकी थिइन् ।

रायमाझीले आगामी मार्चमा ईजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेसनल २०२०’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुन् । रायमाझी नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाएका थिए । मिस इको नेपालको उपाधी लगाएपछि रायमाझीले अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने एक अवसर प्राप्त भएको बताएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस