भारतद्धारा नुवाकोट जिल्लामा माध्यमिक बिद्यालयको बिद्यालय भवन निर्माण

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ माघ २७, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २७, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत सरकारद्वारा निर्मित नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवन सोमवार उद्घाटन गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस ऐँसेलुभूमे माध्यमिक विद्यालय २०४६ सालमा स्थापना भएको थियो । यस विद्यालयमा करिब ६३७ विद्यार्थी अध्ययनरत छन् ।

नयाँ संरचनाको भवनमा तीनवटा ब्लकहरु निर्माण भएको छ भने यस विद्यालयको तीनतले शैक्षिक भवनमा ६ वटा कक्षाकोठा रहेका छन् । दुई तले शैक्षिक भवनमा चारवटा कक्षाकोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस