फागुनदेखि नारायणीमा पानी जहाज सरर, अनलाइन बुकिङ पनि खुला हुने

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ माघ २८, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २८, काठमाण्डौ । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप सानो पानीजहाज सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो । क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस