कोरोनाबाट हजार बढीको मृत्यु, चीनमा पाँच लाख संक्रमित ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २८, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाण्डौ । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले विश्वका २७ राष्ट्रमा संक्रमण फैलिएको छ । त्यस अन्तर्गत नेपालमा एक जनामा संक्रमण देखिएको छ ।

तर संक्रमण अझै बढी हुन सक्ने दावी हुन थालेको छ । चीनबाट नेपालमा चिनियाँ आउने क्रम रोकिएको छैन । उनीहरुले कतै कोरोना लिएर आएका त छैनन् भन्ने प्रश्न पनि खड्किएको छ । चीनबाट नेपाल आउने चिनियाँलाई नेपाल प्रवेशमा कडाइ गर्नुको सट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहजै प्रवेश पाएको बताइएको छ ।

कोरोनाको संक्रमणपछि सात सय भन्दा बढी चिनियाँ नेपाल भित्रिसकेको बताइन्छ । जबकि चीनमा रहेका १८१ नेपाली विद्यार्थीलाई सरकारले ल्याउन सकिरहेको छैन ।

यसैबीच कोरोना भाइरसले चीनमा २० दिनमा पाँच लाख चिनियाँमा संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस