स्वास्थ्य चौकीलाई एक लाख सहयोग

Post Thumbnail

साउन १५,म्याग्दी । जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न एक ज्येष्ठ नागरिकले रु एक लाख ११ हजार सहयोग गरेका छन् ।

धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसीले सो रकम सहयोग गरेका हुन । केसीले मिलनचोक आमा समूहलाई समेत रु दश हजार सहयोग गर्नुभएको उनका छोरा शेरबहादुरले जानकारी दिए ।

वडाध्यक्ष टुंगनाथ आचार्यका अनुसार स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान थालिएको छ । भवन निर्माण गर्न रु बीस लाखमा दुई रोपनी जग्गा खरिद गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस