राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २८, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाण्डौ । सरकारले ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने निर्णय गरेको छ । गृह मन्त्रालयमा आज बसेको राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले जनस्तरबाटै अपनत्व हुने गरी दिवस मनाउने निर्णय गरेको हो । दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ ।

दिवस सम्पन्न गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति र चौर, कवाज, व्यायाम व्यवस्थापन उपसमितिको संयोजकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस