आवश्यक तयारी पूरा नभएको भन्दै स्ववियु निर्वाचन एक महिना पछाडि सर्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २९, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ । निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक तयारी पूरा गर्न नसकेको जनाएपछि पूर्वनिर्धारित कार्यतालिकामा निर्वाचनको सम्भावना टरेको हो ।
यस बीचमा विश्वविद्यालयले निर्वाचन तयारीका विषयमा मातहत क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यार्थी सङ्गठनसँग छलफल गरे पनि निर्वाचनका लागि वातावरण बन्न सकेन । नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले रिक्त पदाधिकारी नियुक्ति गरेर अगाडि बढ्न विद्यार्थी सङ्गठनले माग गरेको बताए । नेविसङ्घ केन्द्रीय समिति गठन भइसकेको अवस्थामा निर्वाचनमा जान आफूहरूलाई कुनै समस्या नहुने उनको भनाइ छ । नयाँ मिति तय गरेर निर्वाचनमा जान सङ्घ तयार रहेको उहाँले जानकारी दिए ।

अनेरास्ववियुका संयोजक ऐन महरले पनि सबै क्याम्पसमा निर्वाचन हुने तर पूर्व निर्धारित कार्यतालिका भने झण्डै एक महिना पर सर्ने अवस्था रहेको बताए । नेविसङ्घले एक महिना हाराहारीको समय तयारीका लागि चाहिन्छ भनेकाले चैत दोस्रो सातातिर निर्वाचन हुने संयोजक महरको भनाइ छ । उनले सहमतिका आधारमा कार्यतालिकासहितको स्ववियु निर्वाचन मिति घोषणा गरिने र विश्वविद्यालयसित केही दिनमा नै यस विषयमा सहमति हुने बताए । नेविसङ्घको नयाँ केन्द्रीय समितिसँग यस निर्वाचनको विषयमा छलफल भएको उहाँले उल्लेख गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस