चीनको बुहानमा रहेका नेपालीहरुलाई फागुन ३ मा नेपाली ल्याइने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २९, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौ । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो ।

नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने जानकारी दिए । मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जानकारी दिए । उनले १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा कोरोना भाइरसको लक्षण नदेखिएमा मात्र घर जान दिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस