विकास नचाहने कर्मचारीका लागि अख्तियार ठूलो हतियार : मुख्यमन्त्री पौडेल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २९, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २९, हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियारलाई देखाएर काम नगर्ने परिपाटी बढेको बताए । मुख्यमन्त्री पौडेलले विकास नचाहने यथास्थितिवादी सोच पालेका कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको बताए । आयोगको २९औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोगको हेटौँडा कार्यालयमा अयोजित वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले अख्तियार देखाएर कामै नगर्ने परिपाटी मौलाएर गएको भन्दै काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने भावना विकास गरिनुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक भएको उल्लेख गरे। उनले भ्रष्टाचार गर्नेलाई वागमती प्रदेशमा स्थान नहुने भन्दै त्यस्ता कर्मचारी वा जोसुकैलाई पनि कारवाही गर्न निर्देशन दिए । मुख्यमन्त्री पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र प्रदेश सरकार टिम लागि परेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस