एक नयाँ खोजले भन्छ-“प्रेममा परेको मान्छे औधी धेरै खुसी हुन्छ”

माघ २९, काठमाण्डौ । औसतमा महिलाको तुलनामा पुरुषहरु छिट्टै मायामा पर्ने र पहिलो प्रस्ताव राख्नमा पनि उनीहरु नै अगाडि हुन्छन् । यसबीच लेइडन युनिभर्सिटीका प्रोफेसरहरुले प्रेम सम्बन्धी अध्ययन गर्दै गर्दा मायामा पर्दा के वास्तवमै मान्छेले आफूमाथिको नियन्त्रण पूर्णरुपमा गुमाउँछ, भन्नेबारे नयाँ खोज गरेका हुन् ।

यसरी भर्खर प्रेममा परेकाहरुलाई समेत पहिलेपहिले आफ्नै व्यवहार असाधारण लाग्ने गरेको पाइन्छ भने अनुसन्धानले पनि त्यस्तै निष्कर्ष निकालेको छ । यसमा मायाको पहिलो चरण भनेको ‘प्यासोनेट’ गहिरो र समर्पित प्रेम हो जसबीच दुई व्यक्ति एकअर्काप्रति अत्यन्तै आकर्षित भएका हुन्छन् ।

वैज्ञानिकहरुका अनुसार मायामा पर्दैगर्दा मान्छेले आफ्ना भावनाहरुमा ठूलो बदलाव महसुस गर्दछन् जुन पछि गएर अधिक खुसी र उत्साहमा बदलिन्छ । यसकारण पनि मायामा पर्नुले मान्छेलाई धेरै खुसी बनाइदिने गरेको उनीहरु बताउँछन् । तर अनुसन्धानकर्ताहरुले त्यही भावनाले मान्छेको मानसिक क्षमतामा पनि असर पार्ने गरेको पत्ता लगाएका हुन् ।

संम्बन्धित समचार

Leave a Reply