मोबाइलमा गीत सुन्ने मानिसहरुमा गरिएको सर्वेक्षणको नतिजा हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ माघ २९, बुधबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

यदि तपाईंले स्मार्ट फोनमा ठूलो आवाजमा गीत सुन्ने गर्नुभएको छ भने सावधानी अपनाउनुपर्ने भएको छ । युनाइटेड नेसन्सअन्तर्गतको एजेन्सीको एक रिपोर्टमा बताइएअनुसार स्मार्ट फोनमा गीत सुन्ने र लगातार ठूलो आवाजको सम्पर्कमा रहने कारण संसारभरका एक अर्बभन्दा धेरै मानिसमा बहिरोपनको खतरा हुने देखिएको छ । रिपोर्टमा यो समस्याबाट छुटकारा पाउने तरिका पनि बताइएको छ ।

१२–३५ वर्षका युवायुवतीमा धेरै खतरा
युनाइटेड नेसन्सको रिपोर्टअनुसार जुन मान्छेहरूमा यसको खतरा छ उनीहरूको उमेर १२ देखि ३५ वर्षको बीचमा छ । वल्र्ड हेल्ट अर्गनाइजेसन ९डब्लुएचओ० ले बताएअनुसार सुस्तश्रवणको समस्यामा रहेकाहरूका लागि विश्वभर ७ सय ५० मिलियन डलर खर्च हुने अनुमान छ ।

४ वर्षसम्म गरिएको थियो अनुसन्धान
शेली चड्डाका अनुसार यो तथ्यांक उनको एक शोधमा आधारित छ जसलाई पूरा गर्न गरिब चार वर्ष लागेको थियो । शेलीका अनुसार यो शोधमा युवायुवतीको सुन्ने बानी तथा कति भोल्युमसम्म उनीहरू सामान्यतया उजागर हुन्छन्– यी दुई कुरामा जोड दिइएको छ ।

फोनमा भोल्युम कन्ट्रोल प्रयोग गरौं

चड्डाका अनुसार हामी सबैको स्मार्ट फोनमा एक साउन्ड कन्ट्रोलिङ सिस्टम हुन्छ, जसले तपाईंलाई कति आवाज प्राप्त भइरहेको र तपाईं आवाज सीमितताभन्दा माथि गइरहनुभएको छ वा छैन भन्ने बताउँछ ।

ताजा अपडेट

खोजी गर्नुहोस