तपाईको प्रेम साँचो हो की झुटो थाहा पाउनुहोस्

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ २९, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भनिन्छ, मानिसको मुखले झुटो बोल्न सक्छ तर, शरिरले सक्दैन । हामी कसैसँग आमनेसामने भएर कुराकानी गरिरहँदा मुखले एउटा कुरा बोले पनि ‘बडी ल्यांग्वेज’ ले अर्कै भाव प्रकट गरिरहेको हुन्छ । ‘बडी ल्यांग्वेज’ ले कुनै पनि मानिसको वास्तविक उद्देश्यलाई दर्शाउँछ ।

हुन सक्छ प्रेमीको मिठा र चिल्ला कुराबाट आकषिर्त भएर तपाईं आफ्नो प्रेम सच्चा भएको सोच्नुहुन्छ तर, केही समयपछि नै तपाईंलाई त्यो प्रेम नभई शारीरिक आकर्षण मात्रै भएको थाहा हुन्छ । यस्तोमा आफ्नो सम्बन्धबारे गहिरिएर सोच्ने हो भने त्यो साँच्चै प्रेम हो वा केवल शारीरिक आकर्षण भन्ने सजिलै थाहा हुन्छ । त्यसैले तपाईं पनि कसैसँग प्रेममा हुनुहुन्छ वा कसैसँग नजिकिँदै हुनुहुन्छ भने निम्न कुराहरुलाई ध्यान दिनुहोस् ।

के तपाईंको पार्टनरले केवल शारीरिक सम्बन्धलाई महत्व दिन्छ ?

एक स्वस्थ प्रेम सम्बन्धमा शारीरिक समागम पनि हुन सक्छ । तर, यदि तपाईंको पार्टनर सँधै यौनका बारेमा मात्रै सोच्छ वा शारीरिक सम्बन्धलाई मात्रै महत्व दिन्छ भने तपाईंले यो प्रेम हो कि होइन भनेर सोच्नुपर्ने हुन्छ ।

प्रेमको अर्थ विश्वास, प्रतिबद्धता र सञ्चार हो । तर, यदि तपाईंको साथी हरेक समय तपाईंसँग भौतिकरुपमा नजिकिन खोज्छ भने तपाईं एक कदम पछाडि हट्नुपर्छ । कुनै पनि सम्बन्धमा प्रतिबद्धता त्यतिखेर मात्रै गर्नुहोस् जब त्यो प्रेमको आधारमा बनेको हुन्छ ।

के एकरअर्कासितको आकर्षण फिक्का हुन थाल्यो ?

तपाईं कसैसँग वास्तविक प्रेम सम्बन्धमा हुनुहुन्छ भने एक अर्काप्रतिको आकर्षण कहिल्यै पनि फिक्का हुँदैन । तर, साँचो प्रेम होइन भने केही समयमै आकर्षण कम हुन्छ र एक अर्कासँग धेरै छिटो वाक्क बन्नुहुन्छ ।

सम्बन्धमा शारीरिक निकटताको सट्टामा भावनात्मक निकटता धेरै छ भने उक्त सम्बन्धको आधार वास्तवमै प्रेम हो । तर, यदि केही समयपछि प्रेम घट्दै जान्छ भने सम्भिmनुहोस् कि उक्त सम्बन्ध केवल शारीरिक आकर्षणबाट मात्रै बनेको थियो ।

बाहिरी सुन्दरता

कहिलेकाँही तपाईंले कुनै मानिसलाई उनीहरुको बाहिरी सुन्दरताको कारणले पराउनुहुन्छ । तर, त्यस्तो अवस्थामा उसँग प्रेममा परेको भ्रम तपाईंमा पर्न सक्छ, जुन यथार्थ हुँदैन ।

केही समयपछि तपाईंलाई त्यो मानिससँग कहिल्यै चोखो प्रेम नभएको महसुस हुन्छ । बाहिरी र शारीरिक सुन्दरताको कारणले मात्रै तपाईं आकषिर्त हुनुभएको थियो भन्ने केही समयमै थाहा हुन्छ ।

सम्बन्धको वास्तविक पक्षमा ध्यान दिनुहुन्छ

कुनै पनि सम्बन्ध निभाउन सजिलो हुँदैन । हरेक सम्बन्धमा नराम्रो समय आउँछ । तर, तपाईं समस्यालाई कसरी सुल्झाउनुहुन्छ भन्ने महत्वपूर्ण कुरा हो । यदि तपाईं सच्चा सम्बन्धमा हुनुहुन्छ र एक अर्कालाई प्रेम गर्नुहुन्छ भने सम्बन्धको वास्तविक पक्षको बारेमा सोच्नुहुन्छ ।

साथै, तपाईर् सम्बन्धलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने सोच्नुहुन्छ । तर जब केवल शारीरिक सम्बन्धको लागि प्रेमको नाटक गरिरहनुभएको छ भने सम्बन्ध मजबुत बनाउने बारेमा होइन बरु आफ्नो स्वार्थको बारेमा सोच्नुहुन्छ ।

यदि तपाईंलाई आफ्नो पार्टनरले पनि सम्बन्धलाई भित्रैदेखि नसोचेको जस्तो लाग्छ भने त्यो सम्बन्धमा आफ्नो समय र प्रेम लगानी नगर्नुहोस् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस