‘बागमती प्रदेश’ तोकिँदा सवारी दर्ता भने प्रदेश नं ३ कै नाममा !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ माघ २९, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौ । प्रदेशको नाम बागमती कायम भएको महिना दिन बितिसक्दा समेत सवारी साधनको नम्बर प्लेट प्रदेश नं ३ कै नाममा जारी भइरहेको पाइएको छ । प्रदेश ३ को प्रदेश सभाले आफ्नो नाम बागमती रहने सर्वसम्मतीले पारित गरेको थियो। तर हालसम्म पनि बागमती प्रदेशअन्तर्गतका दुई कार्यालयले प्रदेश नं ३ कै नाममा नम्बर प्लेट दिइरहेका छन् ।

पुस २७ गते प्रदेश राजपत्रमा प्रदेश ३ को नाम बागमती प्रदेश र राजधानी हेटौंडा रहने गरी सूचना प्रकाशित भएको थियो। इम्बोस्ड नम्बर प्लेट आउने भएकाले पनि केही विलम्ब भएको कार्यालयहरुको भनाइ छ। हेटौंडामा रहेको यातायात व्यवस्था सेवा कार्यालय ९जसलाई सवारी दर्ताको अधिकार पनि छ ले भने माघ १ गतेदेखि बागमती प्रदेशकै नाममा सवारी नम्बर प्लेट उपलब्ध गराएको जनाएको छ ।

सवारी दर्ताको सिस्टममा प्रदेश नम्बर ३ लेखिएका र रसिद सोही नाममा आउने भएकाले बागमती नाम लेख्दा दोहोरो हुने देखिएकाले केही विलम्ब भएको सतुंगलस्थित मोटरसाइकल कार्यालयका प्रमुख दिपक पोख्रेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस