मदन भण्डारीकप अन्तर बिश्वविद्यालय फुटसल कप भब्य रुपमा समुद्घाट्न

माघ २९, काठमाण्डौ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित अन्तर बिश्व विद्यालय फुटसल प्रतियोगिता आज धन्वन्तरी फुटसल भत्केको पुलमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाद्वारा समुद्घाट्न भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय अध्यक्ष ऐन महर, मदन भण्डारी स्पोर्ट्स एकेडेमी महासचिव वचन देउजा , सचिव माननीय साम्सद सीता लामाको विशेष आतिथ्यता र अनेरास्ववियु केन्द्रिय नेताहरु,स्पोर्ट्स एकेडेमीको नेताहरुको उपस्थिति रहेकोे थियो ।

कार्यक्रमको साभापतित्व नारायण घर्ती र सन्चालन संजय दुवाडिले गरेका थिए । १६ टिमको सहभागी भएको प्रतियोगिता आज १० टिम बिचको खेल सम्पन्न भएको छ । प्रतियोगिता लिग एण्ड नकाउट खेल हुनेछ । खेल फागुन २ गते सम्म संचालन हुनेछ । प्रथम हुने टिमलाइ नगद १ लाख पुरस्कार सहित ट्रफी मेडल प्रामाणपत्रको ब्यबस्था छ भने , दितिय टिमलाइ नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्रको ब्यबस्था छ । समापन तथा पुरस्कार बितरण कार्यक्रम फागुन २ गते माननीय खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply