फाल्गुण १, काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोना (कोभिड १९) ले चीनमा एकैदिन २४२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मर्नेको संख्या बुधबारमात्रै २४२ थियो भने कोरोना संक्रमित एकैदिनमा १४ हजार ८४० जना रहेको छ ।
पिपुल्स डेली चाइनाका अनुसार कोरोनाको इपिसेन्टर मानिएको हुबेई प्रान्तमा मात्रै बुधबार २४२ जनाको मृत्यु भएको छ ।