‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि संशोधन प्रस्ताव दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १५, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १५,काठमाडौँ । ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा त्यो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म संशोधनको समयसीमा छ ।

प्रतिनिधिसभा, विधेयक शाखाका अनुसार पहिलो संशोधन सांसद अनिलकुमार झाले दर्ता गराएका छन । यसैगरी संशोधन दर्ता गराउनेमा गंगा चौधरी, लक्ष्मी चौधरी र आशाकुमारी विक छन । उनीहरु तीन जनाले संयुक्त रुपमा संशोधन दर्ता गराएका हुन ।

यसैगरी भरतकुमार शाह, सञ्जयकुमार गौतम, दिलेन्द्रप्रसाद बडू र गगनकुमार थापाले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन । शाखाका अनुसार सांसद देवप्रसाद गुरुङ, शान्ता चौधरी, कृष्णभक्त पोखरेल, तिलबहादुर महत क्षेत्री, विमला विक र पुष्पकुमारी कर्ण कायस्थले पनि संशोधन दर्ता गराएका छन ।

उनीहरुले सरकार र डाक्टर गोविन्द केसीका बीचमा यही साउन १० गते भएको नौबुँदे सहमतिका बुँदानुसार नै आफ्नो संशोधन राखेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस