नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षपदमा किशोरकुमार प्रधानको उम्मेदवारी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ फागुन २, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फाल्गुण २, काठमाण्डौ । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघका भावी अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई साथमा राखेर प्रधानले उम्मेदवारीको घोषणा गरेका हुन् । प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारीको घोषणा गरेसँगै अर्का उम्मेद्वार चन्द्र ढकालको सर्वसम्मत हुने बाटोमा धक्का लागेको छ ।

वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा सभामा हालका वरिष्ठ उपाध्यक्ष ९महासंघको निर्वाचनपछि स्वतः बन्ने अध्यक्ष० गोल्छाले राखेको मन्तव्यको सम्पादित अंश
दुई महिनापछि म उद्योग वाणिज्य महासंघको नेतृत्वमा आउँदैछु। तपाईंहरूको मतले निर्वाचित गरेर यहाँ पठाउनुभयो। सजिलो गरी होइन, तपाईंहरुको मतले म अबको दुई महिनापछि महासंघको नेतृत्वमा पुग्दैछु। जब म नेतृत्व सम्हाल्दै छु, मेरो मनले के भन्यो भने तिमी एक वर्ग वा व्यक्तिको अध्यक्ष हुने होइन सबैको अध्यक्ष हुनुपर्छ। त्यसैले गर्दा मैले यहाँ कसैलाई आउनुस् भनेर भनिनँ।

तर जस्तो चितायो त्यस्तो नहुने रहेछ। हाम्रो पूर्व अध्यक्षले के भन्नुभयो भने यो शेखर एक्लैले के गर्छ, सबै टिम त मेरै आउने हो। मेरो लाइनमा हिँडेन भने ६ महिनामा पदमुक्त गरिदिन्छु। केही उम्मेद्वारले आफ्नो टिम घोषणा गरेर अघि बढे। म अध्यक्ष बन्दैछु, उनीहरु आफ्नै समितिका अध्यक्ष बनाउँदैछन्। अनि के म नेतृत्वमा आएर रबरस्ट्याम्प बन्नेरु

मैले काम गर्नका लागि सबल टिम चाहियो। यो टिमले उद्योग वाणिज्य महासंघको गिरेको साथ फिर्ता ल्याउनुपर्नेछ। हाम्रो पूर्वअध्यक्षको रगत र पसिनाले महासंघ बनेको छ। मेरो स्वर्गीय बुबाको रगत र पसिना यसमा परेको छ। आज म यसको नेतृत्व गर्न अगाडि बढ्दा मेरो जीवनमा योभन्दा ठूलो कुरा अर्को हुँदैन।

म तपाईंहरूलाई विश्वास दिलाउँछु, मेरो समय र क्षमताले महासंघलाई अझ बलियो र निजी क्षेत्रको कुरा अगाडि बढाउन सक्ने संस्था बनाउँछु। यो गर्नका लागि मलाई टिम चाहियो। उद्योग वाणिज्य महासंघमा मैले एक्लै गर्ने भन्दा पनि टिम चाहिन्छ। हाम्रा निवर्तमान अध्यक्षले भन्नुभयो, हामी ३ वर्षदेखि कार्यसमितिको बैठकमा निजी क्षेत्रको समयस्या भन्दा पनि विधान संशोधनको एजेण्डामा अल्झिएर बस्यौँ।

उद्योगी व्यवसायीको समस्याबारे छलफल गर्न हामीसँग समय थिएन। के भइरहेको महासंघमारु हामी एक व्यक्तिको एजेण्डा बोकेर हिँड्नेरु आज मैले सुने धेरै साथीहरुलाई त्यहाँ नजानु करियर सकिदिन्छु भनियो। म अध्यक्ष बन्दैछु, कसले सिध्याउँछ करिअररु म विश्वास दिलाउन चाहन्छु, म अध्यक्ष भैसकेपछि कसैको पनि प्रवक्ता बन्दिनँ। निजी क्षेत्रको प्रवक्ता बन्छु।

उद्योग वाणिज्य महासंघमा समस्या धेरै छन्। हाम्रो सचिवालय साह्रै कमजोर छ। सचिवालय कमजोर भएकाले जिल्ला नगरका समस्या अपेक्षाकृतरुपमा सामधान भएका छैनन्। त्यसलाई संबोधन गर्न जरुरी छ। हामी सार्वजनिक संस्था हौँ, म सार्वजनिकरुपमा के भन्छु भने महासंघको सम्पूर्ण हिसाब अडिट गरेर वेबसाइटमा राख्छु। कुनैपनि बेलामा तपाईंहरुले कुनै खर्च हेर्न चाहनु हुन्छ भने प्रत्येक दिन हेर्न सक्ने बनाउँछु।

हाम्रो गिरेको शाखले होला काम पाइरहेका छैनौँ। नेपाल सरकार र विदेशी संस्थाबाट काम पाएका छैनौँ। उनीहरुले अहिले मलाई तिमीहरुको हिसाबकिताब पारदर्शी छैन भन्छन्। यो कसरी विश्वास दिलाउनेरु तपाईंहरु व्यवस्थित हुनुहुन्न भन्छन्। अहिले अडिटिङको एउटा प्रतिवेदन आएको छ, त्यसमा छलफल गर्न मलाई लाज लागिरहेको छ।

मैले हजारौँलाई रोजगारी दिएर संगठन चलाएको छु। लेखा प्रणाली र सचिवालय चुस्त बनाएको छु। म यो काम गर्न चाहन्छु। यसका लागि मलाई टिम चाहिन्छ। अब विधान संशोधनको कुरा गरौँ, जिल्लाले के चाहेको छ त्यो मलाई थाहा छ। हुन त म पनि बरिष्ठ उपाध्यक्षको चुनाव लडेर आज अध्यक्ष बन्दैछु। म विश्वास दिलाउन चाहन्छु, तपाईंहरुले चाहेको जस्तो विधान ६ महिना वा बढिमा ९ महिना भित्रमा तयार गर्छु। म कुनै एउटा व्यक्तिको मार्गदर्शनमा चल्दिनँ, तपाईं सदस्यहरुको मार्गदरश्मा चलेर म विधान संशोधन गर्नेछु। तपाईंहरुले चाहे जस्तो विधान यहाँ आउनेछ।

समस्या धेरै छन्। सरकारले धेरै कानुन ल्याएको छ। त्यसमा हाम्रो सहभागिता कम भएको छ। म अर्थविज्ञ लगायत रहेको थिंक ट्यांक बनाउनेछु। हरेक समस्यालाई थिंक ट्यांकमा छलफल गर्नेछु। यो पनि चाँडै हुन्छ। उद्योग वाणिज्य महासंघमा अध्यक्षले जे बोल्छ, उपाध्यक्षको त्यही विचार हुनुपर्छ। महासंघको एउटै विचार हुनुपर्छ। अनुसन्धानसहितको विचार आउनुपर्छ। म यो विश्वास दिलाउन चाहन्छु। साना र मझौला उद्योगीको शितल छहारी हुनुपर्ने त्यो हुन सकेको छैन। हामी प्रादेशिक संरचना बलियो बनाउनुपर्नेमा त्यसो गर्न सकेका छैनौँ।

ताजा अपडेट

खोजी गर्नुहोस