आज भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवस

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन २, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण २, काठमाण्डौ । आज भ्यालेन्टाईन डे, अर्थात् प्रेम दिवस । विश्वभरि नै मनाइंदैछ । युवा युवती माझ लोकप्रिय भ्यालेन्टाईन डे मा एकापसमा प्रेम साटासाट गर्दै यो दिवस मनाउने गरिन्छ । आफुलाई मन परेका ब्यक्तिलाई रातो गुलाफ दिने चलन छ ।
भ्यालेन्टाईन डे मनाउने पश्चिमा संस्कृति भए पनि नेपालमा यसप्रतिको आकर्षण केही बर्ष यता बढ्दै गएको छ । युवा युवतीले यस अवसरमा विभिन्न प्रतियोगितासमेत गर्छन् ।

रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले राजाको निर्देशनको अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र विवाह गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि उनैको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस