मुठ्ठीभरका व्यापारिको हातमा सिंगो पोल्ट्री क्षेत्र : राज्यले हस्तक्षेपकारी भूमिका खेल्ने कहिले ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ३, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ । कुखुराको मासु उपभोक्ताले बिरलै उधारो खान्छन् । मासु उत्पादन गर्ने किसानले सहजै कुखुरा बेचेको पैसा पाउँदैनन् । चल्ला, दाना र औषधिमा व्यापारिको सुरुमै लगानी हुने हुँदा यस बीचमा बिचौलियाले पैसा होल्ड गर्दा उधारोको दलदलबाट नेपाली किसान निस्कनै सकेका छैनन् । केही मुठ्ठीभरका व्यापारिको हातमा सिंगो पोल्ट्री क्षेत्र भएकाले राज्यले हस्तक्षेपकारी भूमिका खेल्नु आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य हरिशरण दाहाल बताउँछन् ।

‘कुखुरामा नसोचेको सिण्डिकेट छ, नेपालभरमा पाँच,सता जना व्यापारिको नियन्त्रणमा सिंगो क्षेत्र पीडित बनेको छ’ दाहालले बताए । उनका अनुसार केही व्यापारिसँग दाना, चल्ला,औषधि र कोल्डस्टोर समेत आफ्नै भएकाले चल्लाको मूल्यदेखि मासुको मूल्यसम्म आफैले निर्धारण गर्ने गरेका छन् ।

सरकारले समेत प्रभावकारी रुपमा अनुगमन गर्न नससकेको उनको तर्क छ । उनले सरकारी अनुगमन गर्ने निकायले कर्मचारीको अभाव देखाएर नियमित अनुगमन समेत गर्न सकेको छैन । दाहाल भने सरकारी संयन्त्र बलियो बनाएर मासु, दानाको र चल्लाको साप्ताहिक रुपमा बजार भाउ सार्वजनिक गरेपछि मात्रै पोल्ट्री क्षेत्रको सिण्डिकेटको अन्त्य हुन्छ ।

चल्ला किनेको बेलादेखि कुखुरा बेच्ने समयसम्म सिण्डिकेटको दलदलबाट किसानमाथि उम्कन सकेका छैनन् । किसानसँग लगानी गर्ने पैसा छैन, सरकारले लगानी गरिदिदैन, व्यापारिको लगानी सुरुबाटै भएकाले कुखुरा व्यवसायभित्र डरलाग्दो सिण्डिकेट मौलाउँदै गएको छ । जसको कारण कुखुरा उत्पादन गर्ने किसान कमजोर, बिचौलिया र व्यापारि मोटाउँदै गएका छन् । बजारमा बिचौलियाको दबदबा बढेसँगै किसान र व्यापारिबीच सेतूको काम पोल्ट्री व्यवसायी मञ्चले गरे पनि त्यो प्रभावकारी बन्न भने सकिरहेको छैन ।

कुखुरापालनमा न्यून आय भएका, वैदेशिक रोजगारीबाट फर्किएका युवाकै संम्लग्नता धेरै छ । सानो लगानीमा धेरै मुनाफा हुने भन्दै आकर्षित भएका युवा बिचौलियाको मारमा परेसँगै मुस्किलले एक बर्ष कुखुरा पालन व्यवसाय गरेर पेशाबाटै पलायन हुने अवस्थामा पुग्न थालेका छन् ।

कुखुराको मासु र अण्डा उत्पादनमा नेपालको चितवन, काभ्रेपलाञ्चोक लगायतका जिल्ला आत्मनिर्भर छन् । तर उधारो कारोबारको दलदलमा कुखुरापालक किसान परेकाले उनीहरु आफूले खोजेको ठाउँमा उत्पादन गरेको कुखुरा र अण्डा बेच्न समेत पाउँदैनन् । त्यसले उत्पादकले राम्रो मूल्य पाउनै सकेका छैनन् ।

दिनभर श्रममा घोटिएर काम गर्छन शरीरमा चाहिने प्रोटिन ६० रुपियाँ प्रतिकिलो पाउने ब्रोइलर कुखुराको टाउको र खुट्टा खाएर धान्छन् तर यो पेशाबाट खासै नाफा नभए पछि उनीहरू पछिल्लो समय निराश बनेका छन् । श्रमिक वर्गले प्रयोग गर्ने प्रोटिन करीको रुपमा परिचित ब्रोइलर कुखुराको मासुले आकाश छोएसँगै त्यसले श्रमजीवी वर्गले पाउने प्रोटिन पाउन सकेका छैनन् ।

केही दिन पहिले ६० रुपियाँमा किलोमा पाउने टाउको र खुट्टाको मूल्य दुईसय रुपियाँ पुगेको थियो । त्यस्तै कुखुराको तयारी मासुको मूल्य चार सय पुगेको थियो यसले गरीब र श्रमिक उपभोक्ताले मन पराएको कुखुराको मासु मंहगो पर्न थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस