यसरी भएको थियो ‘हेल्लो’ शब्दको उत्पत्ति !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ३, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ । फोनमा कुरा गर्दा सबैभन्दा पहिले बोलिने शब्द हो ‘हेल्लो’ । तर यो शब्दको शुरु कसले गर्यो र कसरी भयो भन्ने कुरा सायदै मानिसहरुलाई मात्र थाहा होला । अभिवादनका अन्य शब्दहरु भए पनि ‘हेल्लो’ शब्द नै किन टेलिफोनमा कुरा गर्दा प्रयोग गरिन्छ त रु हामी आज तपाईहरुलाई यस बारेमा जानकारी दिनेछौँ ।

‘हेल्लो’ शव्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । यो शब्द अहिले विश्वकै साझा शब्द बनेको छ र विश्वका धेरै भाषाले यो शब्दलाई स्वीकारेका पनि छन् । २१ नोभेम्बर सन् १९७३ मा विश्वमा पहिलेपटक विश्व ‘हेल्लो’ दिवस मनाइएको थियो । हेल्लोको प्रयोग अहिले सर्वव्यापी छ, तर यो दिवस भने अहिले मनाउन छोडिएको छ ।

फोनमा कसैसँग सम्पर्क गर्दा सुरुमा ‘हेल्लो’ भन्ने चलनको शुरुवात टेलिफोनका आविष्कारक ग्राहम बेलसँगै जोडिएको छ । उनले मात्र फोनको आविष्कार मात्र गरेनन् , फोनमा बोलिने ‘हेल्लो’ शब्दको पनि आविष्कार गरेका थिए ।

वास्तवमा बेलकी प्रेमिकाको नाम मार्गरेट हेल्लो थियो । उनी प्रेमिकालाई धेरै माया गर्दथे र ‘हेल्लो’ भनेर बोलाउँथे । त्यसैले जब उनले फोनको आविष्कार गरे उनको मुखबाट उत्साहपूर्वक पहिलो शब्द नै ‘हेल्लो’ निस्कियो । उनले फोनमा पहिलोपटक ‘हेल्लो’ शब्द उच्चारण गरे, जुन एउटा मानक बन्यो । तर कतिपय मानिसहरुको भने फरक तर्क रहेको छ । उनीहरुका अनुसार ‘हेल्लो’ शब्दको उत्पत्ति फ्रेन्च शव्द ‘होला’बाट भएको तर्क गर्दछन्। जसको अर्थ होल्ड गर्नुस् भन्ने हुन्छ ।

एजेन्सीको सहयोगमा

ताजा अपडेट

खोजी गर्नुहोस