मदन भण्डारीकप अन्तर बिश्वविद्यालय फुटसल कप समापान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन ३, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ । माघ २९ गते राष्ट्रिय सभा अध्यक्षद्वारा उद्घाटन भएको मदन भण्डारी अन्तर बिश्व विद्यालय फुटसल प्रतियोगिता फागुन २ गते धन्वन्तरी फुटसल भत्केको पुलमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ, सचीव तथा साँसद सीता लामा, साँसद नारायण सिलवाल, साबिक अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष सुनिता बराल, सचीव समिक बडाल सचिवालय सदस्य नरेश रोकाय, केन्द्रिय सदस्यहरु पंकज भण्डारी,घनश्याम पुन,प्रकाश भुजेल,सजिना थापा,भरत कोने,सागर भट्ट,सुमनराज कार्की, अर्थबिद तेज बहादुर ढकाल, कामपा वडा न ४ को अध्यक्ष मोहन बिष्ट, युवासंघको नेता अजित लामा लगायत विभिन्न बिश्वविद्यालयको अध्यक्ष, विभिन्न क्याम्पसको अध्यक्ष खेलाडी, खेलप्रेमिहरुको उपस्थिति रहेको थियो ।

भने कार्यक्रमको साभापतित्व नारायण घर्ती र सन्चालन संजय दुवाडिको रहेको थियो भने अतिथिहरुलाइ स्वागत सुमनराज कार्कीले गरेका थिए । १६ टिमको सहभागी भएको प्रतियोगिता शुक्रबार १० टिम बिचको खेल सम्पन्न भएको छ । प्रतियोगिता लिग एण्ड नकाउट खेल भएको थियो । प्रतियोगिता शंकरदेब क्याम्पस बिजेता र सिटिभिटी उपबिजेता भएको थियो । प्रथम हुने टिमलाइ नगद १ लाख पुरस्कार सहित ट्रफी मेडल प्रामाणपत्रको ब्यबस्था छ भने ,दितिय टिमलाइ नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्रको ब्यबस्था गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस