प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने बाटो खुल्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ३, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ । शनिबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश गर्ने बाटो खुलेको छ ।

सरकार गठन भएको दुई वर्ष पूरा भएसँगै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर नयाँ सरकार गठन गर्ने संवैधानिक बाटो खुलेको हो । नेपालको संविधानको धारा १०० को उपधारा ४ ले सरकार गठन भएको पहिलो दुई वर्षपछि मात्र अविश्वास प्रस्ताव पेश गर्न पाउने व्यवस्था गरेको छ ।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा ओली नियुक्त भएका थिए भने उनले फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका थिए । एकपटक अविश्वासको प्रस्ताव पेश गरेको अर्को एक वर्षसम्म फेरि अविश्वासको प्रस्ताव ल्याउन नसक्ने संवैधानिक व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस