तोकेको समयमा लाग्दैन फोन

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, काठमाण्डौ । भ्वाइस सेवाका लागि नियामकले निर्धारण गरेको मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले चलायमान सवारीसाधनमा उपकरणको माध्यमबाट गरेको ‘ड्राइभ टेस्ट’ले तोकेको समयभित्र सेवा प्रदायकको फोन कल स्थापना हुन नसकेको देखाएको हो ।
दमक नगरपालिका र इलाम नगरपालिकामा पुसको अन्तिममा देशका प्रमुख सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको भ्वाइस सेवा परीक्षण गरिएको थियो ।

प्राधिकरणले पाँच सेकेन्ड अथवा सोभन्दा कम समयभित्र फोनकल स्थापना हुनुपर्ने मापदण्ड तोके पनि दमकमा नेपाल टेलिकमको ९।३६ सेकेन्ड, एनसेलको ६।४५ र स्मार्ट टेलिकमको ८।०२ सेकेन्डमा मात्रै कल स्थापना भएको छ । इलाममा नेपाल टेलिकमको ९।५७ र एनसेलको ७।५८ सेकेन्डमा कल स्थापना भएको पाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस