आजको मौसम : बिहानैदेखि बदली, दिनभर आंशिकदेखि सामान्य बदली हुने

फाल्गुण ४, काठमाण्डौ । देशका अधिकांश स्थानमा आइतबार बिहानैदेखि आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण आंशिकदेखि सामान्य बदली भएको मौसमविदले बताएका छन् ।

आइतबार दिउँसो देशका पूर्वी, मध्य र पश्चिमी पहाडका केही भूभागमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply