सरकारको विकास खर्च निराशाजनक : सात महिनामा १९ प्रतिशतमात्र खर्च

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ४, आईतबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, काठमाण्डौ । सरकारको विकास खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक बर्षको सात महिना वितिसक्दा पनि विकास बजेट १९ प्रतिशत मात्रै खर्च भएको छ । त्यस्तैगरि प्रदेश स्थरिय विकास खर्चको पनि हालत पनि त्यस्तै छ ।

चालु आर्थिक बर्षको सात महिना बित्दा पनि संघीय सरकारले १८।८५ प्रतिशत र प्रदेशको औसत खर्च पनि १५।५५ प्रतिशत विकास खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

केन्द्रीय सरकारले चालू खर्च भने ३८।२१ प्रतिशत गरेको छ। यसरी केन्द्रको समग्र खर्च ३१।७१ प्रतिशत छ। तर, आर्थिक विकासको कामलाई गति दिनुपर्ने प्रदेश सरकारहरूले आर्थिक वर्षको ७ महिनाको अवधिमा गरेको खर्च अत्यन्तै निराशाजनक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस