‘सहमति नभएसम्म नेपाली युवालाई रोजगारीका लागि मलेसिया पठाईदैन’ : मन्त्री विष्ट

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण १५, मंगलबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन १५,काठमाडौँ । श्रममन्त्री गोकर्ण विष्टले दुई देशबीच सहमति नभएसम्म नेपाली युवालाई रोजगारीका लागि मलेसिया नपठाउने बताएका छन ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न तत्कालका लागि मलेसियामा कामदार पठाउन रोक लगाएको उनले बताए ।

विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बनाए ।

मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पारे ।

उनले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा, रोजगार, स्वास्थ्य आवासजस्ता जनताको मौलिक अधिकार संरक्षणका लागि सरकारले कानून निर्माण गर्ने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस