विश्वकप छनोटका लागि ३१ सदस्यीय टोलीको घोषणा, अञ्जन बिष्टको पुनरागमन भयो ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन ४, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण ४, काठमाण्र्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले चैतमा हुने विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलका लागि ३१ सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

अस्ट्रेलियाविरुद्ध क्यानाबेरामा गत असोजमा भएको पहिलो लेगमा ५-० को पराजय बेहोरेको नेपालले चैत १८ गते घरेलु मैदानमा उही टोलीको सामना गर्दैछ। घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘ए’ डिभिजन लिग सकिएकै दिन स्वीडिस प्रशिक्षक कालिनले प्रारम्भिक टोलीलाई प्रशिक्षणमा बोलाएका हुन् । यसअघि राष्ट्रिय टोलीमा खेलिसकेका, नियमित सदस्य र नवप्रवेशीसहितलाई समेटेर कालिनले प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस