ओली सरकारकै कारण संघीयता धरापमा : नेता डा. शेखर कोइराला

फाल्गुण ४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको बताएका छन् ।कोइरालाले नेकपा सरकार नियन्त्रित प्रजातन्त्रको अभ्यासमा लागेकोले संघीयता लावारिश बनेको बताएका छन । कम्युनिष्टहरु जनवादी केन्द्रियतामा आधारित शासन व्यवस्थामा बिस्वास गर्ने भएकाले बर्तमान नेकपा सरकार नै संघीयता बिरोधी रहेको बताए ।

अन्तरिम संबिधान लेखनमा समेत सक्रिय भुमिका खेलेका डा कोइरालाले भने “तत्कालिन समयमा संघीयता कांग्रेस,एमाले र माओवादीको ऐजेन्डा नै थिएन । मधेस आन्दोलनकै कारण संघीयता आएको हो । ” डा कोइरालाले संघियता आफ्नो पार्टीको ऐजेन्डा थियो भनेर जनतासामु कुनै पनी पार्टीले झुटो बोल्न नहुने बताए ।

नेपाल बैकल्पिक अध्ययन समाजले काठमाडौमा आयोजना गरेको “नेकपा सरकारका दुई बर्ष(संघीयता कार्यान्वयनमा उदासिनता” बिषयक कार्यक्रममा बोल्नुहुदै डा कोइरालाले सरकारको २ बर्षे कार्यकाल पुर्णरुपमा असफल रहेको बताए । कोइरालाले बितेको २ बर्षमा महंगी र कालाबजारी बढेको, गरिब किसान मजदुरहरुले छाक टार्न नसक्ने अवस्था सिर्जना हुदै गएको, नीतिगत भ्रष्टाचार संस्थागत हुदै गएको, दण्डहिनता बढेको,संवैधानिक निकायहरु पुर्णरुपमा सरकारको नियन्त्रणमा रहेको बताए ।

कार्यक्रममा नेकपाका नेता देव गुरुंगले संबैधानिक अड्चन रहेकाले संबिधान संशोधन नगरी संघीयता प्रभावकारी कार्यान्वयन हुन नसक्ने बताए । संघीय समाजवादी पार्टीकी सरिता गिरीले मधेसी जनता आन्दोलनको तयारीमा रहेको बताईन । पुर्वसांसद हरि रोकाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply