फाल्गुण ५, काठमाण्डौ । चीनको वुहानबाट आइतबार बिहान काठमाडौँ ल्याइएका १ सय ७५ जना नेपाली भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइनमा छन् । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि स्वास्थ्य टोली २४ घण्टाका लागि खटिएका छन् ।
क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य अवस्थाको चेकजाँच तथा आवश्यक परेमा अस्पताल पुर्याउन सेनाका चिकित्सकसहितको टोली पनि खटिएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गराई बसमा राखेर खरिपाटीस्थित क्वारेन्टाइन पुर्याइएको थियो ।